२२ माघ २०८२, बिहिबार | February 6, 2026

एन आई सी एशिया बैंकको सबै शाखाबाट कर्मचारी सञ्चय कोषका ऋणीहरूले किस्ता भुक्तानी गर्न सक्ने



काठमाडौ । कर्मचारी सञ्चय कोषका ऋणीहरूले एन आई सी एशिया बैंकको जुनसुकै शाखाबाट किस्ता भुक्तानी गर्न सक्ने भएका छन् ।

कोषका ऋणीहरूले एन आई सी एशिया बैंकको जुनसुकै शाखाबाट साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका हुन । यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ ।

कोषका ऋणीहरूले आफुलाई पायक पर्ने यस बैंकको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफुले भुक्तानी गर्न लागेको कर्जाको प्रकाकारमा चिन्ह लगाई यस बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिए अनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

बैंकले यस अघि नै नेपाल क्लियरिङ्ग हाउस लि.(NHCL) सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहनुभएका ऋणीहरूलाई सुविधाको निमित्त वहाँहरूले उपभोग गर्नुभएको कर्जा बमोजिमको किस्ता रकम ऋयललभअत क्ष्एक् को एप तथा वेबसाइटबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याइसकेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ४ : ३० बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद