२२ माघ २०८२, बिहिबार | February 6, 2026

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो थप ६ वटा शाखा रहित बैकिङ्ग सेवा



काठमाडौ । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा.–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज न.पा.–०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि न.पा.–०९, बिजगौरी, कन्चनपुर बेलौरी न. पा.–०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गा.पा.–०६, हुटी र जिल्ला कै मलिकार्जुन गा.पा.–०६, उकुमा थप ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै बैंकको शाखा रहित बैकिङ्ग सेवा १४१ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ४ : ५० बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद