२२ माघ २०८२, बिहिबार | February 6, 2026

गोरुसिंगेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा कार्यालय सञ्चालनमा



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कपिलवस्तुको गोरुसिंगेमा शाखा कार्यालय सञ्चालनमा लयाएको छ ।
राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नित भएसँगै बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुद्धभूमि नगरपालिका वडा नंं. २ गोरुसिंगे बजारमा बैंकले बिहीबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकको यो ७१ औं शाखा हो । शाखा कार्यालयको बुद्धभूमि नगरपाकिलाका प्रमुख केशवप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा नगर प्रमुख श्रेष्ठले शाइन रेसुङ्गा लुम्बिनी प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको र गोरुसिंगेमा नयाँ शाखा स्थापानाले नगरवासीहरु लाभान्वित हुने बताए ।

उद्घाटन कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थी,गोरुसिंगे शाखा प्रमुख सन्तोष घिमिरेले शाखा कार्यालयबाट कृषि,ब्यापार,उद्योग र सेवा क्षेत्रमा सहुलियत दरमा कर्जा प्रवाहका साथै निक्षेपमा आकर्षक ब्याजदर तथा लकर सुविधा,मोबाइल बैकिङ सुविधा रहेकाले लाभ लिन नगरवासीलाई आग्रह गरे ।
यसअघि कपिलवस्तुमा शाइन रेसुङ्गा बैंकको चार नम्बर जितपुर र चन्द्रौटामा पनि शाखा कार्यालय रहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ७ : २० बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद