१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

फिनल्याण्डले नेपालसँग सहकार्य बढाउने



काठमाडौं । यूरोपेली मुलुक फिनल्याण्डले नेपालसँग सहकार्य अभिवृद्धि बढाउने जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलसँग शुक्रबार भएको भेटमा फिनल्याण्डका राजदूत प्रेटि एन्टेनिनले नेपालसँग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्ने जनाएका हुन् ।

अर्थमन्त्रालयमा भएको भेटमा मन्त्री पौडेलले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।

अर्थमन्त्री पौडेल र र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड-१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।

भेटमा महामहिम राजदूतले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : ०६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले