१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बैंकिङ कसुरका दोषी कारागार चलान



काठमाडौ । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति कारागार चलान भएका छन् । चेक अनादर मुद्दा ९बैंकिङ कसुर०मा दोषी ठहर भई फरार रहेका काठमाडौँ महानगरपालिका–११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार आज कारागार चलान भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको कलङ्कीमा लुकिछिपी बसिरहेका अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतले आजै कारागार चलान गर्न आदेश जारी गरेको हो । उनले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानीजानी काठमाडौँका नानीबाबु खरेललाई रु एक करोड ६३ लाखको चेक काटेर दिई फरार रहेको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

अदालतमा दायर भएको सो मुद्दामा चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौँ जिल्ला अदालतले एक महिना कैद र रु तीन हजार जरिवानाको सजाय सुनाएको थियो । उनीबाट रु एक करोड ६३ लाख बिगो भराउने फैसलासमेत भएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ४० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम