२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित



काठमाडौं । नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठक बस्नु अघि पाटीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमै भेटवार्ता भएको थियो । तर बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएको एक स्थायी कमिटी सदस्यले बताए ।

नेकपाभित्र दुई अध्यक्षबीच गम्भीर अन्तरसंघर्षच चलिरहेको छ । स्थायी कमिटी बैठक बस्नु एक दिन अघि प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वसँग सामान्य परामर्श समेत नगरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि विवादले आगोमा घ्यू थपेको छ ।

बैठक अघि दुई अध्यक्षबीच भेट भएको छ।

गत मंसिर २१ गतेबाट सुरु भएको बैठक गत मंसिर २८ गते पार्टी केन्द्रीय कमिटी सदस्य कमानसिंह लामाको मृत्युपछि शोक व्यक्त गर्दै आजसम्मका लागि स्थगित भएको थियो ।

नेकपाभित्र पछिल्लो केही महिनायता देखिएको विवादको निरुपण स्थायी कमिटी र पुष ५ गते बस्ने केन्द्रीय कमिटीबाट हुनुपर्ने माग धेरै नेताहरुको रहेको छ । यद्यपी, प्रधानमन्त्री एवं अध्यक्ष ओली र उनी निकट नेताहरुले भने शिर्ष नेतृत्वबीच सहमतिका आधारमा मात्रै हुनुपर्ने जिकिर गर्दैआएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १ : ५० बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न