५ श्रावण २०८३, मंगलबार | July 22, 2026

‘कमेडी च्याम्पियन’ सिजन-२ सुरु



काठमाडौं । नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन-२ को फिजिकल अडिसन सुरु भएको छ । बुधबारबाट काठमाडौंमा फिजिकल अडिसन सुरु भएको हो ।

डिजिटल अडिसनमा आएका भिडियो कन्टेन्टबाट उत्कृष्ठ १८० फिजिकल अडिसनमा सहभागी हुँदैछन् । पहिलो दिन बुधबार ४५ जनाले अडिसन दिएका छन् ।  निर्देशक विशाल भण्डारीका अनुसार यही दरमा दैनिक फिजिकल अडिसन लिइने छ ।

भदौ १५ गतेबाट सुरु भएको डिजिटल अडिसन असोज ३० सम्म लिइएको थियो । १८० बाट २४ जना छनोट हुने र फेब्रुअरीको पहिलो साताबाट टेलिभिजनमा प्रशारण सुरु हुनेछ । उत्कृष्ट १५ जनाबाट भोटिङ सुरु हुने निर्देशक भण्डारीले जानकारी दिए ।

“हासौं र हसाऔं भन्ने उद्देश्यले कोरोनाको त्रासबीच कार्यक्रम सुरु गरेका छौं । यो वर्ष गतवर्षको तुलनामा दोब्बरभन्दा धेरै सहभागिता छ,” निर्देशक भण्डारी भन्छन् “प्राप्त भिडियो मध्ये करिब ४० प्रतिशत कन्टेन्ट हसाउँने आएको छ । यो अनपेक्षित हो ।

कारण गाउने जस्तो हसाउँने प्रतिभा घरघरमा हुँदैन । हसाउने प्रतिभा गाउँमा टोलमा एकजना हुने हो ।” डिजिटल अडिसनमा ६ हजारभन्दा धेरै भिडियाे प्नाप्त भएकाे निर्देशक भण्डारी बताउँछन् । विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

दोस्रो सिजनमा पनि निर्णायक सिजन-१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । सो रीमा विश्वकर्माले होस्ट गर्दैछिन् ।

यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन गरिएको छ । सेट परिमार्जित र भब्य छ । भण्डारी भन्छन्, “गत वर्षभन्दा सेटमा मात्रै १५–२० लाख बढी खर्च भएको छ । कन्टेन्टमा पहिलो सिजनभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको छ ।” ‘कमेडी च्याम्पियन’ सिजन-१ मा हिमेश पन्त विजेता बनेका थिए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ८ : १४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं