१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

‘कमेडी च्याम्पियन’ सिजन-२ सुरु



काठमाडौं । नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन-२ को फिजिकल अडिसन सुरु भएको छ । बुधबारबाट काठमाडौंमा फिजिकल अडिसन सुरु भएको हो ।

डिजिटल अडिसनमा आएका भिडियो कन्टेन्टबाट उत्कृष्ठ १८० फिजिकल अडिसनमा सहभागी हुँदैछन् । पहिलो दिन बुधबार ४५ जनाले अडिसन दिएका छन् ।  निर्देशक विशाल भण्डारीका अनुसार यही दरमा दैनिक फिजिकल अडिसन लिइने छ ।

भदौ १५ गतेबाट सुरु भएको डिजिटल अडिसन असोज ३० सम्म लिइएको थियो । १८० बाट २४ जना छनोट हुने र फेब्रुअरीको पहिलो साताबाट टेलिभिजनमा प्रशारण सुरु हुनेछ । उत्कृष्ट १५ जनाबाट भोटिङ सुरु हुने निर्देशक भण्डारीले जानकारी दिए ।

“हासौं र हसाऔं भन्ने उद्देश्यले कोरोनाको त्रासबीच कार्यक्रम सुरु गरेका छौं । यो वर्ष गतवर्षको तुलनामा दोब्बरभन्दा धेरै सहभागिता छ,” निर्देशक भण्डारी भन्छन् “प्राप्त भिडियो मध्ये करिब ४० प्रतिशत कन्टेन्ट हसाउँने आएको छ । यो अनपेक्षित हो ।

कारण गाउने जस्तो हसाउँने प्रतिभा घरघरमा हुँदैन । हसाउने प्रतिभा गाउँमा टोलमा एकजना हुने हो ।” डिजिटल अडिसनमा ६ हजारभन्दा धेरै भिडियाे प्नाप्त भएकाे निर्देशक भण्डारी बताउँछन् । विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

दोस्रो सिजनमा पनि निर्णायक सिजन-१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । सो रीमा विश्वकर्माले होस्ट गर्दैछिन् ।

यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन गरिएको छ । सेट परिमार्जित र भब्य छ । भण्डारी भन्छन्, “गत वर्षभन्दा सेटमा मात्रै १५–२० लाख बढी खर्च भएको छ । कन्टेन्टमा पहिलो सिजनभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको छ ।” ‘कमेडी च्याम्पियन’ सिजन-१ मा हिमेश पन्त विजेता बनेका थिए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ८ : १४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना