१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नौ महिनापछि काठमाडौं–दिल्ली उडान सुचारु



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय हवाई उडान प्रतिबन्धपछि पहिलोपटक काठमाडौं–नयाँदिल्ली व्यवसायिक उडान सुचारु भएको छ ।

महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालनमा आएको हो ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए–३२० जहाजले काठमाडौँबाट १४१ यात्रु लिएर दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११ः२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १ः५५ बजे काठमाडौँ फर्किने उडान तालिका छ ।

एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा १३५ इकोनोमिक र छ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ ।

नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहर्धक रहेको र दिल्ली गन्तव्यमा आगामी दिनमा विगतमाझैँ प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए । “भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानमा जुटेको छ, भारतका अन्य दुई गन्तव्यमा पनि विगतमाझैँ छिट्टै उडान हुने अपेक्षा गरिएको छ”, श्रेष्ठले भने ।

काठमाडौं–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै देशका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौं र दिल्लीबीच नियमित निर्धारित उडान पुनः सरु गरिएको हो ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय नियमित अन्तरदेशीय उडानमा प्रतिबन्ध लगाएका थिए । हाल दुवै मुलुकले अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्धलाई ‘एयर ट्रान्सपोर्ट बबल’ मार्फत खुकुलो बनाएकाले निगमले काठमाडौं–दिल्ली रुटमा हाललाई दैनिक नियमित एक उडान सुचारु गरेको हो ।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । बन्दाबन्दीका कारण २०७६ चैत १० (२३ मार्च २०२०) गतेदेखि नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान स्थगन भएको थियो । गत भदौ १६ देखि भने नियमित अन्तर्राष्ट्रिय उडान सरु भएको थियो । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसीआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।

कोभिड महामारीका कारण उडान स्थगन हुँदा यात्रुको आवागमन चापमा परेको प्रभावको अध्ययन गरी उडान सङ्ख्यामा समायोजन गर्न सकिने र सोको सूचना दिइने तथा नेपाल सरकार र भारत सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी शर्तहरुको पूर्ण पालना गर्दै यात्रुलाई अधिकतम सुविधासहित सङ्क्रमणरहित गुणस्तरीय हवाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको निगमले जनाएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडान गन्तव्यको व्यापारिक हिसाबले भारतका गन्तव्य निकै राम्रो मानिन्छ । लामो समय उडान नहुँदा निगमलाई आर्थिकरूपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाडौं–दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकै बीच अहिले दैनिक एक उडान सुरु भएको हो ।

यो गन्तव्यको उडानमा यात्रुको मागबमोजिम निगम नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी र दुई थान न्यारोबडी जहाज छन्

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  १ : ०७ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७