८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न खुमलटार पुगेका छन् ।

पार्टीभित्रको विवाद संकटपूर्ण अवस्थामा रहेको बेलामा प्रधानमन्त्री ओली प्रचण्डसँग छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

पार्टीमा पछिल्लो केही महिना देखिएको गम्भीर अन्तरविरोधका कारण संकटमा पर्दै गएका ओली प्रचण्डलाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण ढंगले विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री ओली आफुले गरेका कतिपय निर्णयका कारण आलोचित बन्दै गएका छन् भने पार्टीमा समेत एकलौटी गर्न खोजेको भन्दै प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेताहरु एकजुट भएपछि संकटमा पुगेका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि ओली अध्यक्ष प्रचण्ड निवास गएका थिएनन् । ओलीले प्रचण्डलाई भेट्नु पर्यो भने आफ्नो निवास बालुवाटारमा नै बोलाउने गर्थे ।

कोरोना भाइरसको महामारी सुरु भएपछि त ओली बालुवाटारबाट खासै बाहिर निस्कने गरेका थिएनन । यसअघि पार्टी सचिवालयमा अल्पमतमा परेपछि वामदेव गौतमलाई फकाउन उनी गौतम निवास भैंसेपाटी पुगेका थिए ।

हिजो शुक्रबार पनि ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै १ घण्टा भेटवार्ता भएको थियो ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्न स्थायी कमिटी बैठकले दिएको निर्देशन फिर्ता नगरेपछि प्रचण्डले ओलीसँग गम्भीर असन्तुष्टि जनाउँदै पुनः संसदको विशेष अधिवेशन आह्वनका लागि राष्ट्रपति कार्यालय पुग्ने चेतावनी दिएका थिए ।

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ११ : १७ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ