३ पुस २०८२, बिहिबार | December 18, 2025

पार्टीमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीद्वारा संसद विघटन



पार्टीभित्र एकल निर्णय लाद्न नसकेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको आत्मघाती निर्णय गरेका छन् ।

ओलीको यो निर्णयसँगै नेपालको राजनीतिक इतिहासमा प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल बीचैमा समाप्त गर्ने प्रवृत्तिले निरन्तरता पाएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसाली प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।

संसद विघटन गर्न ओलीले राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । शनिबार दिनभरको अन्तिम डौडधुपपछि पनि पार्टीभित्र आफु अनुकुल निर्णय हुने नदेखेपछि ओलीले दुई तिहाई नजिकको सरकारलाई कामचलाउन बनाउने निर्णय गरेका हुन् ।

सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि र झन भन्दन झन पछि पार्टीमा अल्पमतमा पर्दै गएपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् ।

सत्तारुढ दलभित्रै अल्पमतमा रहेका प्रधानमन्त्रीको राजीनामाको माग चर्किरहेका बेला संसद विघटन गर्ने प्रस्ताव गर्न सक्ने पहिलेदेखि नै अनुमान गरिएको थियो ।

यद्यपी, वर्तमान संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको संविधानविदहरूले बताएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : ४९ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३