१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

पार्टीमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीद्वारा संसद विघटन



पार्टीभित्र एकल निर्णय लाद्न नसकेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको आत्मघाती निर्णय गरेका छन् ।

ओलीको यो निर्णयसँगै नेपालको राजनीतिक इतिहासमा प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल बीचैमा समाप्त गर्ने प्रवृत्तिले निरन्तरता पाएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसाली प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।

संसद विघटन गर्न ओलीले राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । शनिबार दिनभरको अन्तिम डौडधुपपछि पनि पार्टीभित्र आफु अनुकुल निर्णय हुने नदेखेपछि ओलीले दुई तिहाई नजिकको सरकारलाई कामचलाउन बनाउने निर्णय गरेका हुन् ।

सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि र झन भन्दन झन पछि पार्टीमा अल्पमतमा पर्दै गएपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् ।

सत्तारुढ दलभित्रै अल्पमतमा रहेका प्रधानमन्त्रीको राजीनामाको माग चर्किरहेका बेला संसद विघटन गर्ने प्रस्ताव गर्न सक्ने पहिलेदेखि नै अनुमान गरिएको थियो ।

यद्यपी, वर्तमान संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको संविधानविदहरूले बताएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : ४९ बजे

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा