१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

संसद विघटनको सिफारिस गणतन्त्र माथिको ‘कु’ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको संसद बिघटनको निर्णयलाई गणतन्त्रमाथिको ‘कू’ गरेको बताएका छन्।

आइतबार बिहानै मन्त्रिपरिषदको नाममा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सामाचार बाहिर लगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले संसद बिघटनको निर्णय गणतन्त्रमाथिको ‘कु’ भएको बताएका हुन् ।

सिफरिसको खबर आए लगत्तै बालुवाटार पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले भने भेट्न मानेनन् । प्रधानमन्त्रीले प्रचण्ड नभेटी सितल निवास हिंडेपछि प्रचण्ड थप छलफलका लागि खुमलटार फर्केका थिए ।

खुमलटार फर्केर अध्यक्ष प्रचण्डले आफु निकटका सचिवालय तथा केहि स्थायी समिति सदस्यसँग गहन छलफल गरिरहेको प्रचण्ड निकट श्रोतले उल्लेख गरे । यस विषयमा अध्यक्ष प्रचण्ड थप छलफलमा रहेको र केही समयमा नै आधिकारिक धारणा सार्वजनिक गर्ने ती श्रोतले बताए।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रतिसमक्ष सिफरिस गर्ने निर्णग गरेको थियो।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १२ : ४५ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना