१९ आश्विन २०८३, सोमबार | October 5, 2026

बुटवलमा कम मूल्यमा घरजग्गा लिलामी गरेको भन्दै लुम्बिनी विकास बैंकविरुद्ध धर्ना



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-९ मिलनचोकस्थित तीनतले घरसहितको जग्गा आफूहरूको जानकारीबिना कम मूल्यमा लिलामी गरिएको भन्दै पीडित परिवारले लुम्बिनी विकास बैंकको देवीनगर शाखा अगाडि धर्ना दिएका छन् ।

लक्ष्मी विष्ट पौडेलको नाममा रहेको उक्त घरजग्गा बैंकले ५३ लाख रुपैयाँमा लिलामी बिक्री गरेको परिवारको दाबी छ । परिवारका अनुसार उक्त सम्पत्तिको वास्तविक मूल्य १ करोड २५ लाख रुपैयाँभन्दा बढी पर्छ ।

परिवारले बैंककै मूल्यांकनअनुसार उक्त सम्पत्तिको मूल्य ८१ लाख ९१ हजार रुपैयाँ कायम गरिएको दाबी गर्दै सो मूल्यभन्दा निकै कममा लिलामी गरिएको भन्दै आपत्ति जनाएको छ ।

ऋण चुक्ता गर्ने विषयमा बैंकसँग छलफल तथा समन्वय भइरहेको अवस्थामा आफूहरूलाई पर्याप्त जानकारी नदिई घरजग्गा लिलामी गरिएको लक्ष्मी विष्ट पौडेलको गुनासो छ । आफ्नो नाममा रहेको करोडभन्दा बढी मूल्य पर्ने सम्पत्ति कम मूल्यमा लिलामी गरिएको भन्दै उनले लिलामी प्रक्रिया, सम्पत्तिको मूल्यांकन र बैंकको भूमिकामाथि प्रश्न उठाएकी छन् ।

लिलामी प्रक्रिया पुनरावलोकन गर्नुपर्ने माग गर्दै पीडित परिवारले बुटवल–११ देवीनगरस्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् ।

परिवारले आफूहरूलाई पर्याप्त जानकारी नदिई तथा सम्पत्तिको मूल्यांकनभन्दा कम मूल्यमा लिलामी गरिएको विषयमा बैंकले स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ । लिलामी प्रक्रिया पुनरावलोकन गरी आफूहरूको सम्पत्तिको उचित मूल्य कायम गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १० : २५ बजे

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने

कांग्रेस महाधिवेशन : बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबार उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

बुटवलमा कम मूल्यमा घरजग्गा लिलामी गरेको भन्दै लुम्बिनी विकास बैंकविरुद्ध धर्ना

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-९ मिलनचोकस्थित तीनतले घरसहितको जग्गा

आजदेखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्दै आइस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आजदेखि

बागलुङ पहिरो अपडेट : ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

बागलुङ । निसीखोला गाउँपालिका-३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको