४ चैत्र २०८२, बुधबार | March 18, 2026

ओली नेतृत्वको  सरकारका ७ जना मन्त्रीले दिए राजीनामा



काठमाडौं । प्रधानमन्त्रीले सर्वभौम संसद विघटन गर्न सिफारिस गर्ने प्रस्तावका विपक्षमा रहेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । ओली नेतृत्वका सरकारमा रहेका ७ जना मन्त्रीले काठमाडौमा पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेल, उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश कुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव तथा खानेपानी तथा सरसफाई मन्त्री बिना मगर रहेका छन् ।

उनीहरुले पत्रकार सम्मेलनमा बितरण गरेको बिज्ञप्तिमा प्रधानमन्त्रीबाट भएको अलोकतान्त्रिक र असंवैधानिक कदम रोक्न प्रयत्न गर्दा पनि नसकेको उल्लेख गरेका छन् । जनादेश विपरित तथा राजनीतिक मुल्य र स्थिरताको प्रतिकुल निर्णय आएकाले आफुहरुले मन्त्री पदबाट राजीनामा दिएको बिज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै राजीनामा दिएका मन्त्री घनश्याम भुसालले प्रधानमन्त्रीको कदमले कम्युनिष्ट पार्टी सहित नेपालको बाम आन्दोलनलाई नै सखाप पानै दिशामा अगाडी बढेको बताए ।

पूर्व माओवादी कित्ताबाट मन्त्री बनेका गृह मन्त्री राम बहादुर थापा बादल र बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ४ : ४५ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन