१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कुनै व्यक्तिको पार्टी र राष्ट्र विरोधी गतिविधिले एकीकृत पार्टी संरचना भत्काउन सक्नेछैन : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका निम्ती स्पष्टिकरण सोधिएको जानकारी दिएका छन् ।

आज बिहान एक बिज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदम भएको स्पष्ट पारेका छन् ।

प्रचण्डले प्रकाशित बिज्ञप्तिमा आईतबार बसेको स्थायी कमिटीको बैठकले ओलीको कदमको विरोध एवम् भत्र्सना गरेको जनाउँदै पार्टीले ओलीको संसद विघटनको कदमलाई पूर्ण रुपमा अस्वीकार गर्ने र ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

उनले बिज्ञप्तिमा लेखेका छन् – ‘पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’

प्रचण्डको बिज्ञप्तिमा नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको उल्लेख गरिएको छ ।

प्रचण्डले राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने समेत बिज्ञप्तिमा भनेका छन् । प्रचण्डले कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ११ : ४० बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर