२१ आश्विन २०८३, बुधबार | October 8, 2026

कुनै व्यक्तिको पार्टी र राष्ट्र विरोधी गतिविधिले एकीकृत पार्टी संरचना भत्काउन सक्नेछैन : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका निम्ती स्पष्टिकरण सोधिएको जानकारी दिएका छन् ।

आज बिहान एक बिज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदम भएको स्पष्ट पारेका छन् ।

प्रचण्डले प्रकाशित बिज्ञप्तिमा आईतबार बसेको स्थायी कमिटीको बैठकले ओलीको कदमको विरोध एवम् भत्र्सना गरेको जनाउँदै पार्टीले ओलीको संसद विघटनको कदमलाई पूर्ण रुपमा अस्वीकार गर्ने र ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

उनले बिज्ञप्तिमा लेखेका छन् – ‘पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’

प्रचण्डको बिज्ञप्तिमा नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको उल्लेख गरिएको छ ।

प्रचण्डले राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने समेत बिज्ञप्तिमा भनेका छन् । प्रचण्डले कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ११ : ४० बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप