७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

दिउँसो पूर्व माओबादीका सहकर्मीसँग बसेका गृहमन्त्री ‘बादल’ साँझ बालुवाटारमा



काठमाडौं । दिनभरी आफु निकट नेकपाका नेता कार्यकर्तासंग वार्तालाप गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ साँझ बालेवाटार पुगेर प्रधनमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीले बालुवाटार आउन भनेपछि ‘बादल’ बालुवाटार गएको बताईएको छ ।

बादल सोमबार साँझ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको उनको सचिवालयले पुष्टि गरेको छ । बालुवाटार पेगेर गृहमन्त्री ‘बादल’ले प्रधानमन्त्री ओलीसँग एक घण्टा कुराकानी गरेका थिए । भेटमा भएको कुराकानीबारे भने बालुवाटार र ‘बादल’ निकट दुबै श्रोतले सार्वजानिक गर्न चाहेन ।

दिनभरी जसो पूर्व माओबादी समूहमा बादल निकट रहेर लामो समय काम गरेका नेकपाका नेता कार्यकर्ताको दवाव खेपेका बादल साँझ बालुवाटार पस्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री र गृहमन्त्री बीच भएको भेटले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । बादल भेटन दिउँसो नेकपाका नेता पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, रामदीप आचार्य, अमृता थापामगर, लेखनाथ न्यौपाने, मनोज थापा, यशोदा सुवेदी, सूर्यप्रकास सुवेदी, मायाप्रसाद शर्मा, युवराज भराई, सुरेश आलेमगर, महेश्वर दाहाल लगायतको टोलि मन्त्री क्वाटर पुल्चोक पुगेका थिए ।

सुरुमा कित्ता परिवर्तन गर्दै ओली समूहमा लागेको भनिएका बादल आज ओली गुटले गरेको भेलामा पनि सहभागी भएका थिएनन् । बादल भेटन गएका नेकपा नेताहरुले बादलको आधकारीक धारणा छिट्टै आउने बताएका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ३४ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने