२१ आश्विन २०८३, बुधबार | October 8, 2026

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा प्रधानन्यायाधिशको एकल इजलाशले सुनुवाइ गर्दै



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आफै एक्लै हेर्ने गरि इजलाश ताकेका छन् ।

उनले प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरु आफ्नै एकल इजलाशमा राखेका हुन्।

संसद् विघटन विरुद्ध विघटन भएकै दिन ५ पुसमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए भने नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा भंग गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए।ओलीको सिफारिस सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन्।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको रिटमा संसद् विघटन असंवैधानिक भएको भन्दै खारेज गर्न माग गरिएको छ।

संसद विघटनका सम्बन्धमा यस अघि नै पूर्व राष्ट्रपति डा. रामवरण यादव तथा पूर्व प्रधानन्यायाधिश द्वय सुशिला कार्की र कलण श्रेष्ठले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको टिप्पणी गरिसकेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ४७ बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप