१ पुस २०८२, मंगलबार | December 16, 2025

नेकपा प्रचण्ड समूहको संसदीय दलको बैठक बस्दै, दलको नेतामा प्रचण्डलाई चयन गरिँदै



काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक आह्वान गरेको छ । आज मध्यान्ह १ बजेका लागि संसदीय दलको बैठक बोलाईएको हो ।

आजको बैठकमा संसदीय दलको नेता चयन गर्ने एजेण्डा तय रहेको बताइएको छ । मंगलबार बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो । आज बस्ने संसदीय दलको बैठकले संसदीय दलको नेताबाट पनि ओलीलाई हटाई अध्यक्ष प्रचण्डलाई  दलको नेता चयन गर्ने पार्टीको उच्च श्रोतले जनाएको छ ।

उता नेकपा ओली समूह उपलब्ध अल्पमत साबिक नेकपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिको बिस्तार गर्नुका साथै प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई चयन गरेको थियो । प्रचण्ड माधव समूहसँग प्रतिनिधिसभा र राष्ट्रियसभामा गरि ११४ भन्दा बढी सांसद रहेको सो समूहले दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ११ : १५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष