३ पुस २०८२, बिहिबार | December 19, 2025

नेकपाका दुवै समूहको बैठक आज बस्दै



काठमाडौं । दुई टुक्रा बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्नेछ । ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्ता परिवर्तन गरेको थियो ।

त्यस्तै पार्टीको महाधिवेशन अर्को वर्ष मंसिरमा आयोजना गर्ने गरी ५ सय ५६ केन्द्रीय सदस्यहरु मनोनित गरी महाधिवेशन आयोजक समिति बनाइएको थियो ।

कार्की बैंक्वेट बबरमहलमा बस्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षको बैठकले दुई अध्यक्षको वरीयता तोक्ने गरी छलफल र निर्णय हुने अपेक्षा गरिएको छ ।

प्रचण्ड-माधव पक्षको मंगलबारको बैठकले पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएर माधव नेपाललाई नियुक्त गरेको थियो । आजको बैठकले पार्टी बैठक आलोपालो गरी सन्चालन गर्ने र अरु पदाधिकारी चयन गर्नेबारे छलफल हुने बताइएको छ ।

आ-आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै दुवै पक्षले यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । केन्द्रीय समितिमा ओली अल्पमतमा छन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ७ : ५७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको