२१ आश्विन २०८३, बुधबार | October 8, 2026

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहले गर्यो आन्दोलनको घोषणा



काठमाडौ । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।  बैठकले भोली देखिनै प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध कार्यक्रम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
यस्तै बैठकले पुस १० गते बसै केन्द्रीय सदस्यहरु माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

यस्तै ११ गते सातै प्रदेश कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठे बताए । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला गर्ने भएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ३ : १० बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप