८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेकपा प्रचण्ड–नेपाल पक्षले मदननगर बल्खुमा केन्द्रीय कार्यालय बनाउने



काठमाडौं । नेकपा ओली पक्षले आफ्ना युवा कार्यकर्ता लगाएर धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा ताला लगाएपछि नेकपा प्रचण्ड–नेपाल पक्षले पूर्व नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको मदननगर बल्खुमा आफ्नो पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ ।

काठमाडौमा बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षको बैठकले बल्खुस्थित मदन आश्रीत भवनलाई केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरु बल्खु पुगेर मदन भण्डारीको शालिकमा मल्यार्पण गरेका थिए ।

भूकम्पबाट क्षतिग्रस्त बनेको तत्कालीन एमालेको पार्टी कार्यालय अगाडि रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि बल्खु पुगेका थिए ।

मदननगर बल्खुस्थित उक्त स्थानसँग आफूहरुको सम्बन्ध गाँसिएको भन्दै प्रचण्ड–नेपाल समूहले पार्टीको भवन बनाउने दाबी गरेको हो । त्यसक्रममा अध्यक्ष माधवकुमार नेपालले नेकपाको मूलधार आफुहरु भएको दाबी गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ५ : ५१ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस