२१ आश्विन २०८३, बुधबार | October 8, 2026

दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट



लमही । शनिबार देखी दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा लमहीको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगीतामा शसस्त्र प्रहरी एपिएफको विभागिय टिम सहित ७ प्रदेशका ८ ओटा टिमले भाग लिने निश्चित भएको आयोजकले जनाएको छ । क्रिकेट प्रतियोगीताको सबै तयारी पुरा भएको नेपाल क्रिकेट संघ क्यानका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

‘प्रतियोगिताको सबै तयारी पुरा भएको छ । विहान ९ बजेबाट खेल सुरु हुने छ’थापाले भने,–‘पुस १९ गते सम्म प्रतियोगिता चल्ने छ ।’ शनिबार विहान प्रतियोगीताको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।

प्रतियोगितामा भाग लिने चार ओटा टिमका खेलाडीहरु लमही आईपुगेका छन् । बाँकी खेलाडी आउने क्रममा छन् । कोरोना भाइरस संक्रमका कारण ७–८ महिना प्रभावित भएको क्रिकेट प्रतियोगीता पुनः सुरु हुदा खेलाडीहरु उत्साहित भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगीता आयोजना गरिएको क्यानको दाबी छ ।

 

यस्तो छ खेल तालिका  :

आठ ओटा टिमलाई दुई समुहमा विभागन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नं. २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश परेका छन् भने ‘वि’ समुहमा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नं. १ लाई राखिएको छ । दैनिक दुई ओटा प्रतियोगीता हुनेछन् । शनिबार पहिलो खेल विहान ९ बजेबाट सञ्चालन हुने छ ।

लुम्बिनी प्रदेश र प्रदेश नं. २ का विचमा विहान खेल हुने छ भने दिउँसो १ बजे बाट एपिएफ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । १२ गते आइतबार विहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको विचमा खेल हुनेछ । त्यसैगरि दिउँसोको खेल एपिएफ र प्रदेश नं. २ का विचमा हुने छ । १३ गते प्रदेश नं. २ र कर्णाली प्रदेशको विचमा खेल हुने छ भने दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशको विचमा खेल हुने छ ।

१४ गते सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुने तालिकामा उल्लेख छ भने दिउँसोको खेल बागमती प्रदेश  र प्रदेश नं. १ का विचमा हुनेछ । १५ गते सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ को विचमा, दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुने छ । १६ गते विहानको खेल सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशको विचमा, दिउँसो गण्डकी प्रदेश र प्रदेश नं. १ को विचमा खेल हुने छ ।

पुस १७ गते सेमिफाईनल खेल हुने छ । विहान ए गु्रपको विजेता र वि गुप्रको रनर अफको विचमा हुनेछ । दिउँसाको सेमिफाइनल खेल बिजेता गु्रप वि र रनर अफ गु्रप ए का विचमा हुने छ । यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्नेछन् ।

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : ५५ बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप