२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

संगीतकर्मी संघ रुपन्देहीद्धारा अनाथ आश्रममा रहेका विद्यार्थीहरुलाई पोशाक प्रदान



बुटवल । राष्ट्रिय संगीत कर्मी संघ रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा संचालित रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ ।

गीत संगीत संगसंगै सामाज सेवालाई पनि अगाडी बढाउने उद्देश्यले पपोशाक वितरण गरिएको संस्थाकी अध्यक्ष दुर्गा नेपालले बताए । पोशाक वितरण समारोहमा बोल्ने वक्ताहरुले अनाथ तथा असहाय वालवालिकाको भाषामा परिवर्तन गर्न माग गरेका छन ।

परिवारवाट पीडित वालवालिकालाई थप पीडा हुने गरि भाषा प्रयोग गर्दा हिनतावोध हुने भएकाले आगामी दिनमा त्यस प्रकारका भाषामा परिवर्त गर्न सुझाव दिएका छन ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीनारायण पाण्डेले सामाजिक क्षेत्रमा काम गर्दा प्रतिफलको आशा गर्न नहुने धारणा राखे । कार्यक्रममा संगीत कर्मी ओम ज्ञवालीले ४५ सय रुपैयां नगद, दया भण्डारीले २१ सय नगद र राजविर जैसवालले ९ जोर जुत्ता प्रदान गरेका थिए ।

कार्यक्रममा महिला अभियान्ता रीता सेन वली सौगात सायर भगवती पंन्थी दोमोदर बस्याल आश्रमकी अध्यक्ष मैनादेवि भट्रराई लगायतले संस्थाले सामाजिक कार्यमा गरेको कामलाई निरन्तरता दिन माग गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ३८ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको