६ बैशाख २०८१, बिहिबार | April 18, 2024

हेटौँडामा बस दुर्घटना हुदा एकजनाको मृत्यु, आठ घाइते



मकवानपुर । हेटौँडा नारायणगढ सडकखन्डअन्तर्गत् पर्ने हेटौँडा उपमहानगरपालिका-१९, बस्तीपुरमा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ, सुन्दरबजार नगरपालिका-८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए ।

सोही दुर्घटनामा परी अन्य आठजना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बसचालक चितवनको राप्ती नगरपालिका-२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : ४८ बजे

सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले