१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रहरी हत्यामा संलग्न मुख्य अभियुक्त धनगढीबाट पक्राउ



धनगढी । कैलालीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार भनिएका एक जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार बिहान पत्रकार सम्मेलन गरी हत्याका मुख्य अभियुक्त सुकबहादुर राना अमर रानालाई सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका-१० चकमलीका ३५ वर्षीय रानालाई प्रहरीले आइतबार साँझ ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ गरेको थियो ।

फरार मुख्य अभियुक्त पक्राउ परेसँगै अब सबै अभियुक्तलाई आजै अदालतमा पेश गरिने कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले बताए । यसअघि सोही घटनामा ८ जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

अभियुक्त राना स्थानीय व्यापारीसँग मिलेर सीमापार गैरकानूनी रुपमा सामान ओसारपसार कार्यमा संलग्न रहेको प्रहरले जनाएको छ । उनी भारतको वनकट्टी र सलियापारबाट नेपालमा सामान पठाउने र नेपालबाट भारतमा सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । यसका लागि चकमलीमा उनले गोदामसमेत राखेको प्रहरीले जनाएको छ ।

केही समययता उनी नेपालबाट मटर तस्करीमा संलग्न थिए । सो तस्करी रोक्न प्रहरी सक्रिय भएपछि असई गोविन्द विक र जवान रामबहादुर साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । गत कात्तिक १ गते राति धनगढी–१२ जुगेडामा असई विक र जवान साउदको हत्या भएको थियो । उनीहरु कैलालीकै मोहना नदी नजिकै केराउ तस्करी गरिरहेको समुहलाई रोक्न गस्तीमा खटिएका थिए । असई विकको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो भने जवान साउदको शव मोहना नदीभित्रै फेला परेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ११ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम