२३ माघ २०८२, शुक्रबार | February 6, 2026

कुमारी बैंकले गर्यो थप ८ शाखा बिस्तार



काठमाडौ । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर ८ नयाँ शाखाको बिस्तार गरेको छ । बैंकले काठमाडौंको खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाँट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको बिस्तार गरेको हो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको जनाएको छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १८७ वटा शाखाहरु, १५२ वटा एटिएम्हरु तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहीन युनिटहरुद्घारा सेवा दिइरहेकोमा थप ८ वटा शाखा पश्चात अब बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ ।

साथै हालसम्म बैंकले नवीन्तम डिजीटल प्रोडक्ट मार्फत आफ्नो ग्राहकहरुलाई सेवा दिदै आएको छ र आउँदा दिनहरुमा अझ सशक्त रुपमा डिजीटल प्लेटफमबाट आफ्ना पहुँच बढाउँदै जनेछ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : १० बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद