२३ माघ २०८२, शुक्रबार | February 6, 2026

भारतले लगाएको प्याज निर्यात प्रतिबन्ध फुकुवा, उपभोक्ता खुसी, किसानमा निरासा



काठमाडौं । नेपालीहरुको मुख्य चाडपर्व रहेको भाद्र, असोज र कार्तिक महिनामा चर्को मुल्य चुकाएर प्याज किन्न बाध्य नेपाली उपभोक्ताले जनवरीदेखि भने सहज र सरल मुल्यमा प्याज किन्न पाउने भएकाछन् ।

चार महिनाअघि भारतले लगाएको प्याज निर्यात गर्न लगाएको प्रतिबन्ध जनवरीदेखि फुकुवा गरेपछि नेपालमा प्याज आपुर्ती सहज हुने भएको हो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले विगत ४ महिनादेखि लगाउँदै आएको प्याज निर्यातको प्रतिबन्ध हटाउँदै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको छ ।

सय वर्ष अत्याधिक वर्षा भएको कारण आन्तरिक उत्पादन कम भएका कारण मूल्य आकासिँदै गएपछि भारतले गत २९ भदौ ९१४ सेप्टेम्बर० मा प्याजको विदेश निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

भारतको महाराष्ट्र र कर्नाटक राज्य सबैभन्दा बढी प्याज उत्पादन गर्ने राज्यमा पर्दछन् । ती राज्यमा भएको प्याजको उत्पादनका आधारमा भारतमा प्याजको बजार मुल्य निर्धारण हुने गरेको छ ।

यस वर्षको अत्याधिक बर्षाका कारण ती प्रदेशहरुमा प्याज कम उत्पादन भएको र विदेशतर्फपनि अन्य वर्षहरुको तुलनामा बढी प्याज निर्यात हुन थालेपछि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । चाडपर्व नजिकिँदै गएका कारण पनि यसको मूल्यमा थप चाप परेको थियो ।

नेपालको प्याज बजारमा ९० प्रतिशत प्याजको बजार भारतबाटै आत्मनिर्भर रहने गरेको छ । नेपालमा एउटा आर्थिक वर्षमा भारतबाट मात्र वार्षिक ३ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको तथ्यांक छ ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको मुल्य आकाशिनुका साथै नेपालमा चोरी पैठारी गरि प्याज भित्रिने क्रम पनि बढेको थियो । सिमा जोडिएका नेपाली उपभोक्ताहरुले चोरी पैठारी गरी प्याज उपभोग गरेपनि मध्य नेपालका उपभोक्ताहरुले भने चाडपर्वका बेला प्याजका कारण समस्यामा परेका थिए ।

४ महिना प्याजमा प्रतिबन्ध लगाईंदा कतिपय स्थानमा भने नेपालीहरुले व्यवसायीक प्याज खेती सुरु समेत गरेका थिए । भारतको प्याज निर्यात प्रतिबन्धको फुकुवाले उपभोक्ताहरुलाई सहज भएपनि व्यवसायिक प्याज खेती गर्ने किसानले भने पुनः प्रतिस्पर्धामा उभिनुपर्ने देखिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : ५२ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद