२० मंसिर २०८२, शनिबार | December 6, 2025

कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच सम्झौता



काठमाडौ । कुमारी बैंक लिमिटेड र बिरगंजस्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख श्री सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत श्री प्रभाकर मनु ज्यूले हस्ताक्षर गरेका छन ।

सम्झौतापत्र अनुसार सात्विक आयुर्वेद अस्पतालमा ओ.डि. पि., प्याथोलोजी, पँचकर्म र औषधीमा ५% सम्म, थेरापी, लगायत आइ. डि. पि. (बेड चार्जेज)मा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९५ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : २७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय