११ बैशाख २०८१, मंगलबार | April 23, 2024

नेकपाका बैंक खाताहरु रोक्का, आधिकारीकता नपाउँदा सम्म कारोबार नहुने



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नाममा बैंकमा रहेका खाता रोक्का हुने भएका छन् । आन्तरिक विवादपछि विभाजित भएको नेकपा मध्य प्रचण्ड(नेपाल पक्षले निर्वाचन आयोगले दलको आधिकारीकता नदिंदा सम्म खाता रोक्का गर्ने निबेदन सम्बन्धित बैंकहरुमा पत्राचार गरेपछि पार्टीका नाममा रहेका खाता रोक्का गरिएको छ । नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने भएका छन् ।

निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने बताईएको छ । पार्टीभित्र बिवाद रहेको र औपचारीक नभएपनि पार्टी विभाजन भएको भन्दै सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नहुँदा सम्म खाता रोक्का  गर्न प्रचण्ड-नेपाल पक्षका अध्यक्ष द्वय प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेका थिए ।

विवाद भएको लिखित पत्र नै आएपछि विवाद समाधान नहुञ्जेलसम्म रोक्का गर्ने प्रचलन रहेको राष्ट्र बैकका एकजना अधिकारीले बताए ।

प्रचलिन नियम अनुसार यसरी संस्थाको खाता रोक्का गर्ने ब्यवस्था रहेपनि बैंकहरुको बैंक राष्ट्र र्बैकलाई भने खाता रोक्का गर्नु पूर्व राष्ट्र बैंकसंग अनुमति लिनु पर्दछ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३० बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै