१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ



काठमाडौं । उखु किसानको बक्यौता नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ । उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

यो मिलले किसानको १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ । उक्त चिनी मिल सुशिला गोयलको नाममा छ। तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो। ‘तर मिल पूर्ण रूपमा उसको (मनोज) नाममा आइसकेको छैन’, स्रोतले भन्यो ।

सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १ : १६ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु