७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रदेश नम्बर १ का मुख्यमन्त्री राईलाई प्रचण्ड नेपाल पक्षले संसदीयदलबाट हटायो



विराटनगर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई नेकपा प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेताबाट हटाए लगत्तै प्रचण्ड–नेपाल पक्षले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री रहेका शेरधन राईलाई हटाउने निर्णय गरेको छ।

नेकपाको प्रदेश १ का सांसदहरुको हिजो बुधबार बसेको बैठकले उनलाई संसदीय दलबाट हटाउने निर्णय गरेको हो।

प्रचण्ड नेपाल पक्षको हिजो विराटनगरमा बसेको बैठकले शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई दलको नेता चयन गर्ने निर्णय गरेको सो समूहले जनाएको छ ।

सत्तारुढ नेकपा विभाजित भएपछि अहिले बिभिन्न प्रदेशमा त्यहाँका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने र संसदीय दलबाट हटाउने अभियान सुरु भएको छ। बागमती प्रदेश र प्रदेश नम्बर १ मा अबिश्वासको प्रस्ताव दर्ता भईसकेको छ भने सुदुर पश्चिम प्रदेशमा ओली पक्षका एक मन्त्री बर्खास्तमा परेका छन् । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ मा भने मुख्यमन्त्रीको पल्ला भारी भएका कारण अहिले सम्म कुनै गतिबिधि भएको छैन । प्रदेश स्तरमा विवादको सुरुवात भने कर्णाली प्रदेशबाट भएको थियो ।

यस अघि बागमती प्रदेशमा बहुमत नेकपा सांसदले मुख्यमन्त्री डारमणीलाई संसदीय दलबाट हटाई नेकपाकै स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १ : ३१ बजे

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका