७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन ।

नयाँ वर्ष सन् २०२१ को अवसरमा आज भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्नका लागि स्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गरेका छन ।

मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधान सामना गर्नु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्-‘हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौँ । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य छ ।’

आगामी दिनमा सुशासन र विकासको बाटोबाट अघि बढ्ने पनि उनले प्रतिवद्धता जनाएका छन् । ‘हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौँ ।

राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने छन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने । अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धि थप उचाइमा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

 

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ८ : ०८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल