१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जितेन्द्र नारायण देवको प्रधानमन्त्री ओलीलाई प्रश्न : तपाईको पार्टीको समस्याले गर्दा संसद किन विघटन ?



काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको समस्याले संसद किन विघटन भन्दै प्रश्न गरेका छन् ।

उनले तपाईको पार्टीको समस्याले गर्दा संसद किन विघटन भयो ? भन्दै प्रश्न गरेका हुन् । राष्ट्रियसभा बैठकका क्रममा उनले भने, ‘नेपाली जनताको त्याग तपस्या र बलिदान २००७ साल पश्चात् निरन्तर संघर्ष आन्दोलन, मधेश आन्दोलन जनयुद्ध र लोकतन्त्र ल्याएको अवस्थामा यो नै समाप्त हुने लक्षण आकाशमा मडारिएको छ । वर्तमान राजनीतिको अवस्थाको बारेमा केपी शर्मा ओली सरकारले वेवास्ता गरेको छ ।’

बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री आफ्नो लोतन्त्रवादीको प्रशन तपाईले पार्टीभित्र समस्या भयो । पार्टीभित्रै समस्या हो तपाईको समस्या हो । बहुमत पार्टीभित्रै बनाउने हो नि । संसद विघटन गर्ने ? देशलाई खाल्डोमा जाक्ने ? जनताको प्रतिनीधि हामी भन्दै दुनियाँमा कोहि पनि कम्युनिष्टले यस्तो गर्दैन । सरकार अधिनायकवादतर्फ लम्किरहेको छ ।’

उनले उत्तर र दक्षिणबाट फाष्ट ट्याकमा नेपाल उत्रने र जाने देखिएको अवस्था र चलखेलले गर्दा नेपालको राष्टियतालाई कति बलियो पार्छ ? भन्दै प्रश्न गरे । उनी भप्छन्, यति होल्डिङ देखि प्रिन्टिङ प्रेसको कुरा गर्दा यो सरकार भ्रष्टाचारमा लिप्त रहेको कुरा सबैलाई थाहा भएको छ ।

उनले संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिप्रति असन्तुष्टि जनाए । उनले थपे, ‘समृद्ध नेपाल सुखी नेपाली नारा बहुतै राम्रो छ तर सरकार दरिद्र नेपाल दुखी नेपाली को अवधारणामा जान्छ कि ? भन्ने मेरो आशंका कोभिडको बेला प्रष्ट भयो ।’

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : २३ बजे

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल