२४ श्रावण २०८३, आइतबार | August 10, 2026

हराएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा



काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यका विभिन्न स्थानमा विभिन्न समयमा हराएका मोटरसाइकल खोजेर आज एक कार्यक्रमको आयोजना गरी जिम्मा लगाएको हो ।

महाशाखाको टोलीले काभ्रेपलाञ्चोकको बनेपा, कपन, धुम्वाराही, कलंकी, बनस्थली, गंगबु, बौद्ध, थापाथली, ट्रमा सेन्टर, सिनामंगल, जोरपाटी, ठमेल, मुलपानी, कलंकी, ट्याङ्लाफाट, कालोपुल, कमलविनायक, घट्टेकुलो, जरंखु, चावहिल, पुरानोबानेश्वर र बबरमहल लगायतका स्थानबाट मोटरसाइकल फेला पारिएको जनाएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले एक कार्यक्रमकाबीच ती मोटरसाइकल सम्बन्धित धनिलाई जिम्मा लगाएका छन ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीका अनसार  सवारी धनी पदम लामा, प्रदिप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, बुद्धिजंग गुरूङ, साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेशकुमार पोदार, वासुदेव गुरूङ, कृष्णुराज गिरी, दोर्जेलामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पिङ्कि सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवन कुमार सुनार, बिकाश मगर र प्रवेश राईलाई मोटरसाइकल जिम्मा लगाइएको छ ।

महाशाखाका अनुसार पुस महिनाभित्र मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याईएको छ भने चोरीमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाईसकिएको छ ।

महाशाखाले जथाभावी मोटरसाइकल पार्किङका कारण चोरी बढेको भन्दै सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पाकिङ गर्दा सचेतता अपनाउन समेत अनुरोध गरेको छ ।

महाशाखाले पदम लामा, प्रदीप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, बुद्धिजङ्ग गुरुङ, साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेशकुमार पोदार, वासुदेव गुरुङ, कृष्णराज गिरी, दोर्जे लामा, विकास गौतम, लक्ष्मी आचार्य, ध्रुव बोलखे, पिङ्की सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवनकुमार सुनार, विकास मगर र प्रवेश राईको हराएको मोटरसाइकल जिम्मा लगाएको हो  ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ४१ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता