७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

खुकुरी प्रहार गरी लुटपाट गर्ने ५ जना पक्राउ



काठमाडौं । खुकुरी प्रहार गरी लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मैतिदेविस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने २५ वर्षीय प्रेम गजमेरले बजारबाट संकलन गरेर ल्याएको एक लाख ६५ हजार नौं सय रुपैयाँ खुकुरी प्रहार गरी लुटेर फरार भएका थिए ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२७ कमलाक्षी, असनका २९ वर्षीय रोहन नेपाली शाही, काठमाडौं-२६ नरदेबिका २२ वर्षीय अभय तुलाधर, २७ वर्षीय अमित तुलाधर, रोहित शाही, जुम्ला सिंजा गाँउपालिकामा-२ का २६ वर्षीय हरि शर्मा रहेका छन ।

सहकारीका कागजात र चेकबुकसहित रकम संकलन गरेर चाबहिल पुगेको अवस्थामा गजमेरलाई खुकुरी प्रहार गरी घाईते बनाई लुटपाट गरेका थिए । पक्राउ परेकाहरुले स्कुटर प्रयोग गरी अपराध गर्ने गरेको तथ्य पत्ता लागेको महाशाखाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त समूहले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर समेत चोरी गरी गर्दै आएको खुलेको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट २६ हजार तीन सय रुपैयाँ, घटनामा प्रयोग भएको बा. ५९ प. २९५६ नम्बरको चोरीको स्कुटर, रामपुरी चक्कु थान २
बा. ८४ प. ९२६९ नम्बरको जिक्सर मोटरसाइकल, तीन थान मोबाईल, बा. ५३ प. ५८५५ नम्बरको स्कुटर, बा. ५४ प. ५८३३ नम्बरको स्कुटर, बा.६२ प ६२२ स्कुटर, बिभिन्न बैकका चेकहरु फेला परेको महाशाखाले जनाएको छ ।

उनीहरु विरुद्ध मुद्धा दर्ता गरी महानगरीय प्रहरी वृत्त गौशालामा राखि थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ३१ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२