२८ भदौ २०८३, आइतबार | September 13, 2026

कपिलवस्तुबाट काठमाडौं भित्रिँदै गरेको कारमा १ करोड ४७ लाख



काठमाडौं । नेपाल प्रहरीको काठमाडौं स्थित नागढुंगा चेक पोईन्टले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

नियमित चेक जाँचका क्रममा प्रहरीले कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको हुन्डाई कम्पनीको कारबाट सो रकम सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेकोमा १ जना भारतीय नागरिक छन् भने एकजना कार चालक कपिलवस्तु बाँडगँगाका स्थायी बासिन्दा हुन् ।

भारत गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलवस्तुको बाँडगंगा नगरपालिका ४ का २२ वर्षीय कार चालक संगम थारुलाई रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान साढे ४ बजे नागढुंगा चेक प्वाइन्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताईएको छ ।

प्रहरीका अनुसार काठमाडौं भित्राउनका लागि ल्याईएको सो रकमलाई कारको बिभिन्न भागमा लुकाईछिपाई राखिएको थियो । बरामद रकम कारको डिक्किमा, स्पेयर टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइएका ३ वटा झोलामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका २ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  २ : ५१ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू