१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

कपिलवस्तुबाट काठमाडौं भित्रिँदै गरेको कारमा १ करोड ४७ लाख



काठमाडौं । नेपाल प्रहरीको काठमाडौं स्थित नागढुंगा चेक पोईन्टले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

नियमित चेक जाँचका क्रममा प्रहरीले कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको हुन्डाई कम्पनीको कारबाट सो रकम सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेकोमा १ जना भारतीय नागरिक छन् भने एकजना कार चालक कपिलवस्तु बाँडगँगाका स्थायी बासिन्दा हुन् ।

भारत गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलवस्तुको बाँडगंगा नगरपालिका ४ का २२ वर्षीय कार चालक संगम थारुलाई रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान साढे ४ बजे नागढुंगा चेक प्वाइन्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताईएको छ ।

प्रहरीका अनुसार काठमाडौं भित्राउनका लागि ल्याईएको सो रकमलाई कारको बिभिन्न भागमा लुकाईछिपाई राखिएको थियो । बरामद रकम कारको डिक्किमा, स्पेयर टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइएका ३ वटा झोलामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका २ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  २ : ५१ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा