९ चैत्र २०८२, सोमबार | March 23, 2026

प्रतिनिधि सभा विघटन विरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ जारी छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी छन्।

अहिले प्रतिनिधिसभा विघटनको विरूद्धमा परेका रिटमाथि पक्ष र विपक्षमा बहस सुरू भएको छ ।

सरकारको तर्फबाट महान्यायाधीवक्ता अग्नि खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तसहितका वकिलहरूले बहसमा भाग लिएका छन् ।

विपक्षीहरूको तर्फबाट भने अधिकांश वरिष्ठ अधिवक्ताहरू समेत सहभागि हुँदैछन् ।

सर्वोच्च अदालतले बहसको प्रत्यक्ष प्रसारण गरेको छ ।अदालत परिसरको प्रतीक्षालयमा माइक जोडेर बहस सुन्ने व्यवस्था मिलाइएको छ । यस्तै, नेपाल बार एसोसिएसन भित्रको हलमा पनि  इजलासको भिडिओ लाइभ गरिएको छ।  

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १२ : ४४ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा