२३ माघ २०८२, शुक्रबार | February 6, 2026

गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टका विभिन्न सेवामा माछापुच्छ्रे बैंकका ग्राहकलाई छुट



काठमाडौं । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट एवं पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर, बुढानिलकण्ठ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०% सम्म छुट पाउनेछन् । त्यसैगरी पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० % सम्म छुट पाउनेछनन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा QR  प्रयोग गरी बिल भुक्तानी गर्दा पाउने बैंकले जनाएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

१६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा ३१३ स्थानबाट बैंकले देशभरका ग्राहकलाई सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १९८वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ११ : १२ बजे

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ

आजको मौसम : तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौं । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय