५ श्रावण २०८३, मंगलबार | July 22, 2026

परिस्थितिअनुसारको योजना लागू गर्न प्रहरी महानिरीक्षकको निर्देशन



काठमाडौ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका नौ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

सरकारको गृहमन्त्रीस्तरको बुधबारको निर्णयानुसार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच उनीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

दज्र्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य रहेका छन् ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकलाई बधाई दिँदै प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए ।

उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले प्रचलित कानून र सङ्गठनको नीति निर्देशानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच कार्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

उनले मुलुकको वर्तमान परिस्थितिलाई मनन र विष्लेषण गरी सोहीअनुरुपको कार्ययोजना बनाई अगाडि बढ्न सरुवा भई जान लागेका प्रहरी अधिकृतलाई निर्देशन दिए ।

हालको सुरक्षा चुनौती व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नु पनि आग्रह गरे ।

उनले सङ्गठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहितालगायतका नीति निर्देशनलाई अक्षरशः पालना गरी लागू गर्नुपर्नेमा जोड दिए ।

प्रहरी प्रधान कार्यालयले यही पुस २१ गते ३० जना प्रहरी उपरीक्षक र ६९ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको थियो ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ८ : ४९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं