१० चैत्र २०८२, मंगलबार | March 24, 2026

राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै



काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज सर्वदलीय छलफलको आयोजना गर्न लागेको छ ।

आयोगले संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतक दलहरुलाई छलफलका लागि कार्यालयमा बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आगामी बैशाखमा घोषणा गरेको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरुलाई बोलाएको हो ।

सवोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा आयोगले भने एक कदम अघि बढेर दलहरुसँग निर्वाचनबारे छलफल सुरु गर्न लागेको हा ।

मतदाता नामावली अद्यावधी, मतदान केन्द्र र स्थल लगायतका विषयमा दलहरुसँग छलफले हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । त्यसक्रममा आयोगले अहिलेम्म आफुले गरेको कामकारवाहीबारे पनि जानकारी गराउनेछ ।

निर्वाचन आयोगले निर्वाचन तयारी थालेपनि एकातिर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनबारे फैसला सुनाउन बाँकी छ भने अर्कोतिर आयोग स्वयंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद निप्टरा गर्न बाँकी छ । नेकपाको विवादको छिनोफानो नभएसम्म निर्वाचनसम्बन्धी काम समेत प्रभावित बन्ने देखिन्छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ११ : ५७ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको