१ पुस २०८२, मंगलबार | December 16, 2025

राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै



काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज सर्वदलीय छलफलको आयोजना गर्न लागेको छ ।

आयोगले संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतक दलहरुलाई छलफलका लागि कार्यालयमा बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आगामी बैशाखमा घोषणा गरेको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरुलाई बोलाएको हो ।

सवोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा आयोगले भने एक कदम अघि बढेर दलहरुसँग निर्वाचनबारे छलफल सुरु गर्न लागेको हा ।

मतदाता नामावली अद्यावधी, मतदान केन्द्र र स्थल लगायतका विषयमा दलहरुसँग छलफले हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । त्यसक्रममा आयोगले अहिलेम्म आफुले गरेको कामकारवाहीबारे पनि जानकारी गराउनेछ ।

निर्वाचन आयोगले निर्वाचन तयारी थालेपनि एकातिर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनबारे फैसला सुनाउन बाँकी छ भने अर्कोतिर आयोग स्वयंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद निप्टरा गर्न बाँकी छ । नेकपाको विवादको छिनोफानो नभएसम्म निर्वाचनसम्बन्धी काम समेत प्रभावित बन्ने देखिन्छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ११ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज