७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सर्वोच्चको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको नेपाल पत्रकार महासंघको ठहर



काठमाडौं । नेपाल पत्रकार महासंघले संचारमाध्यमको नामै किटेर सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको ठहर गरेको छ ।

सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको पूर्ण बैठकले समाचार प्रकाशित भएको विषयमा सर्वोच्च अदालतले निकालेको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको हो ।

महासंघले स्वतन्त्र प्रेसलाई धम्क्याउने काम जहाँबाट भएपनि बन्द गर्न आग्रह गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतले न्यायाधीसहरुले प्रधानमन्त्रीसँग भेट गरेको भन्ने समाचार कपोलकल्पित भएको भन्दै त्यस्ता समाचार प्रकाशित गर्ने संचारमाध्यमलाई कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

यसअघि प्रेस संगठन नेपालले पनि सर्वोच्चको विज्ञप्तिप्रति आपत्ति जनाउँदै प्रेसलाई नधम्क्याउन चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ३ : ०६ बजे

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल