५ श्रावण २०८३, मंगलबार | July 22, 2026

लकडाउनका कारण कम सवारी साधन गुड्दा पनि लुम्बिनी प्रदेशमा बढ्यो सवारी दुर्घटना



बुटवल । कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनले सडकमा सवारी साधन न्युन चलेपनि लुम्बिनी प्रदेशमा भने गत वर्षको तुलनामा सवारी दुर्घटना बढेको पाईएको छ । लकडाउनकै अवधिमा लुम्बिनी प्रदेशमा अघिल्लो वर्षको ६ महिनाको तुलनामा १२८ बढी सवारी साधन दुर्घटनामा परेका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको तथ्याँक अनुसार अघिल्लो वर्षको साउन देखि पुस सम्मको घटनाको तुलना गर्दा अघिल्लो वर्ष ७७३ सवारी साधन दुर्घटनामा परेको मा यस वर्ष ९०१ सवारी साधन दुर्घटनामा परेका छन् । सवारी दुर्घटनाको संख्या पनि अघिल्लो वर्ष ५६६ रकेकोमा यो वर्ष ६३७ घटना प्रहरीमा दर्ता भएका छन् । सवारी साधनको दुर्घटनाको संख्या १६ प्रतिशतले बृद्दी भएको छ भने सवारी दुर्घटनाको संख्या १२ प्रतिशत बृद्दी भएको छ ।

सवारी दुर्घटनामा मृत्यु हुने नागरिकको संख्या भने यस वर्ष ७ दशमलव २४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको ६ महिनामा प्रदेशमा २७६ जनाको सवारी दुर्घटनामा परि ज्यान गएकोमा यस वर्ष २५६ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा घाईतेको संख्या भने केहि बढेको छ । प्रहरीको तथ्याँक अनुसार अघिल्लो वर्ष ८८१ जना घाईते भएकोमा यस वर्ष ९२४ जना दुर्घटनाबाट घाईते भएका छन् ।

कोरोना भाइरसका कारण ट्राफिक प्रहरीले अन्य सवारी कारवाहीमा सक्रियता बढाएपनि मापसे चेकिङमा भने निकै कम सक्रिया देखाएको पाईएको छ । सवारी नियम उल्लंघन गरि सवारी चलाएका सवारी साधनलाई अघिल्लो वर्षको ६ महिनामा १० लाख ६६हजार ९९ कारवाही गरेकोमा यस वर्षको ६ महिनामा १३ लाख ४७ हजार २० कारवाही गरेको छ । कारवाहीबाट राजश्व संकलन समेत २७ दशमलव ९७ प्रतिशत बढी असुल गरेको छ । अघिल्लो वर्षको ६ महिनामा ६ करोड ६६ लाख ४६ हजार राजश्व असुली गरेकोमा यस वर्षको ६ महिनामा ८ करोड ५२ लाख ८९ हजार राजश्व असुल गरिसकेको छ । प्रहरीले मापसे चेकिङमा भने अघिल्लो वर्षको ६ महिनामा २६७३ कारवाही गरि २६ लाख ७३ हजार राजश्व असुली गरेकोमा यस वर्षको ६ महिनामा ८ सय २८ कारवाही गरि जम्मा ८ लाख २८ हजार मात्र जरिवाना असुल गरेको छ ।

स्वास्थ्य सतर्कता अपनाउंदै सवारी जाँच गर्ने केन्द्रको आदेश अनुसार स्वास्थ्य सजकता अपनाउंदा मापसे जरिवाना घटेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रमुख एसपी डम्बर बिकले स्विकार गरे ।

आज देखि टिपरलाई लागु भयो टाइम कार्ड

बुटवल क्षेत्रमा सवारी दुर्घटना र दुर्घटनाबाट ज्यान जाने घटनामा बदनामी कमाएको टिपरलाई ट्राफिक प्रहरीले टाइम कार्ड जारी गरेको छ । ट्राफिकले जारी गरेको टाइम कार्ड अनुसार आजबाट पाल्पाको दोभानबाट बुटवल धागो कारखाना पुग्न ३३ मिनेट समय लगाउनु पर्ने छ भने दोभानबाट भैरहवा अंचलपुर सम्म पुग्न ५६ मिनेट लगाउनु पर्ने छ । त्यसैगरि धागो कारखानाबाट सुनवल सम्म पुग्न ४६ मिनेट समय लगाउनु पर्ने छ ।

सवारी दुर्घटनाको अत्याधिक कारक बनेको टिपरले नियमन गर्न टाइम कार्ड जारी गएिको एसपी बिकले बताए । टिपर सहित अन्य ठूला सवारी साधनमा पनि क्रमशः टाइम कार्ड लगाउने तयारी भईरहेको उनले जानकारी दिए ।

२०७५ सालमा पनि ट्राफिक प्रहरीले सिद्धबाबा सडकमा टिपरलाई टाइम कार्ड लगाएको थियो । २ महिना नबित्दै कार्ड ईन्ट्रि गर्न बन्द भएको थियो ।

प्रदेशमा भएको सवारी दुर्घटनाबाट ज्यान जाने घटनामा अधिकांस घटनाहरु टिपरसँगै जोडिएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  २ : १६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं