१५ माघ २०८२, बिहिबार | January 30, 2026

इसेवा मनि ट्रान्सफर र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने



काठमाडौं । रेमिट्यान्स् क्षेत्रमा आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनि ट्रान्सफर र अष्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स् कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो सँगै अष्टे«लियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् ।

अष्ट्रेलियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।

त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा ५५ रुपैयाँ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ ।

लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्च स्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेट भित्रै रेमिटेयान्स् प्राप्त गर्न सकिनेछ ।

इसेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुबै माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले अमेरिका, जापान, युरोपीयन देश लगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।

डिजिटल माध्यमबाट रेमिट्यान्स् भित्राउन प्रोत्साहन गरिरहेको इसेवा मनि ट्रान्स्फर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : १४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला