२५ चैत्र २०८२, बुधबार | April 8, 2026

हिमालय एयरलाइन्सले ग-यो संसारकै उच्चस्थानको ल्हासा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान



काठमाडौं । नेपालको निजी क्षेत्रद्वारा संचालित हिमालय एयरलाइन्स चीनको तिब्बत स्वायत्त प्रदेशको ल्हासास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो विदेशी एयरलाइन्स कम्पनी बनेको छ ।

नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित यस हिमालय एअरलाइन्स्ले आज ल्हासास्थित गंगोर विमानस्थलमा सफल परीक्षण उडान गरेको छ ।

३ हजार ५७० मिटर अर्थात ११ हजार ७११ फिट बराबरको उचाइमा रहेको ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थल संसारकै सबैभन्दा उच्चस्थानमा रहेको विमानस्थल मानिन्छ ।

एअरलाइन्स्का प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठले ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एकमात्र विदेशी एअरलाइन्स् हुन पाउनु हिमालयका लागि गर्वको विषय बनेको बताएका छन् ।

ल्हासा चीनको तिब्बत प्रदेशको को धार्मिक र प्रशासनिक राजधानी हो । जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ । यो परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा नियमित उडान गर्ने व्यावसायिक योजना अनुरूप भएको हिमालयन एयरलाइन्सले जनाएको छ ।

परीक्षण उडान H9 961 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयअनुसार बिहान ७ः१७ बजे उडान भरेको विमानले ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान १०ः४६ बजे अवतरण गरेको थियो ।

एयरलाइन्स सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् । चालक दलले ल्हासा स्थित गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने एयरलाइन्सले जनाएको छ ।

परीक्षण उडानका लागिएअरलाइन्स्ले सन्२०२०को मार्च महिनामै विशेषतः उच्चउचाईका लागि उडान भर्न H9 AJK नाममा दर्ता भएको नयाँ न्यारोबडी A319-115 विमान प्रयोगमा ल्याएको छ । यो जहाजमा १२० इकोनोमी र ८ विजिनेस क्लास सिट रहेको छ । यो विमानले अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गमा सञ्चालन गर्ने क्षमता रहेको छ ।

परीक्षण उडानपछि हिमालयन एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले सुरक्षा, टीम भावना र विजयी भावनासहितको कम्पनीको प्रमुख मार्गनिर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको बताएका छन् । उनले परीक्षण उडानका लागि सहयोग गर्ने नेपाल र चीनका नागरिक उड्यन प्राधिकरणलाई धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : २८ बजे

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल

राष्ट्रियसभाका चार समितिका सभापतिको शपथ

काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन । चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे