१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भारतको बिहार राज्यमा नेपाल भारत पारवहन सम्झौता उल्लंघन, नेपाल आउँदै गरेको मालवाहक सवारीमा अवरोध



विराटनगर। नेपाल–भारत बीचको पारवहन सम्झौता विपरित हड्तालका नाममा मालवाहक सवारी अवरोध गरिंदा नेपालका लागि लोड गरिएका मालवस्तु लोड भएका साधन बाटोमै अलपत्र परेका छन् । भारतको विहार राज्यमा भइरहेको ढुवानीका साधनको हड्तालका कारण विराटनगर नाकामार्फत आयात हुने मालवस्तुका साधन बाटोमै रोकिएका हुन् ।

नेपाल–भारत बीचको पारवहन सम्झौताअनुसार भूपरिवेष्ठित नेपालका नाकासम्म मालवस्तु पुग्न भारतले बाटो निर्वाध उपलब्ध गराउनु पर्ने प्रावधान भएपनि भारत सरकारको बेवास्ताका कारण हडतालीहरुले नेपाल आउने गाडी समेत बाटोमै रोकिदिएका छन् । भारतीय संचारमाध्यमका अनुसार विहार ट्रक ओनर्स एसोसिएसनको आह्वानमा गत पुस २६ गतेदेखि विहारमा ढुवानीका साधनहरूको हड्ताल चलिरहेको छ।

विहारका ढुवानी व्यवसायीले आफूले पनि साधन नचलाउने र चलिरहेका साधनलाई पनि रोक्ने रणनीति अपनाएका छन्। अन्तरदेशिय पारवहन रोक्न नपाउने प्रावधान रहेपनि भारतको सरकारी निकायले पारवहन सम्झौता कार्यान्वयनमा बेवास्ता गरेका कारण नेपाल आयात भइरहेका मालवस्तु रोकिएका हुन्।

विहार सरकारले १४ वटाभन्दा बढी चक्का भएका ढुवानीका साधन र डम्पर (टिपर)मा ढुङ्गा–गिट्टी–बालुवाको ढुवानी गर्न प्रतिबन्ध लगाएपछि विहारका ढुवानी व्यवसायी हड्तालमा उत्रिएका हुन्।

विराटनगर नाकाभन्दा १ सय ३६ किलोमिटर दक्षिणमा रहेको भारतीय शहर नौगछियामा रोकिएका ट्रकहरूको लाइन पाँच किलोमिटर भन्दा लामो रहेको बताईएको छ । विराटनगर नाका भित्रने सयौँ ट्रक र कन्टेनर पनि सोही अवरोधमा परेको नेपाली व्यवसायीले बताएका छन् ।

विहारका हड्तालकर्मीहरूले विराटनगर नाका भित्रने साधनलाई मात्र नभएर नेपालमा मालवस्तु अनलोड गरेर फर्किरहेका खाली कन्टेनर, ट्रक र ट्याङ्कलरीलाई पनि रोकेका छन्।

मोरङ उद्योग बाणिज्य संघले हड्ताल लम्बिने सम्भावना रहेकाले सरकारले कुटनीतिक पहल गरेर माल वस्तु आउने वातावरण बनाउन माग गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ९ : ४६ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर