३ पुस २०८२, बिहिबार | December 18, 2025

पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किंदा एकको मृत्यु, दुई घाइते



चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ५ भण्डारा नजिकै स्यार्से पेट्रोल पम्प अगाडि बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।

काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको ना ७ ख २१११ नम्बरको मकालु बस र पुर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको हो ।

एक आपसमा बस र ट्रक ठक्कर खादा बसका चालक सहित बसका २ जना घाईते भएका छन् । बसका चालक भने गम्भीर घाईते भएको छ । यता ट्रकतर्फको भने चालक मात्र घाईते भएको छ ।

दुर्घटना पश्चात ट्रक चालक भने चेपिएको अवस्थमा रहेकोले उद्धारमा केहि ढिलाई भएको थियो । झण्डै ४० मिनेट पछि चेपिएको ट्रक चालकलाई सकुशल उद्धार गरि उपचारको लागि भरतपुर पठाईएको छ ।

सकुशल उद्धार गरिए पनि ट्रक चालक चेपिएको अवस्थामा रहेकोले खुट्टामा चोट पुगेको हुन सक्ने ईलाका प्रहरी कार्यालय भण्डाराका ट्राफिक सई प्रदानि रामसुधारेले बताए । घाईतेहरु सबैलाई थप उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : १७ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक