२४ भदौ २०८३, बुधबार | September 9, 2026

बाँकेमा निर्वाचनको पूर्व तयारी सम्पन्न, मतगणना स्थलमा तारजालीको घेराबन्दी (फोटोफिचर)



नेपालगन्ज । बाँकेमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जिल्लाका सबै निर्वाचन क्षेत्रमा निर्वाचनको पूर्व तयारीका काम अन्तिम चरणमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सम्पूर्ण मतदान स्थल र मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री सहित कर्मचारीहरु पुगिसकेका छन् भने मतदानस्थल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । अधिकांस बिद्यालयहरुलाई मतदान केन्द्र बनाइएको बाँकेमा मत गणना स्थलको निर्माण पनि अन्तिम चरणमा रहेको छ । नेपालगन्ज उपमहानगरपालिका २ मा मुख्य सडक नै अवरुद्ध गरि निर्वाचन स्थल निर्माण गरिएको छ भने अन्य अधिकांश स्थानहरुमा विद्यालय भवनलाई निर्वाचन स्थल बनाइएको छ ।

बाँके क्षेत्र नम्बर १ को अघैया स्थित राप्ती सोनारी गाँउपालिका भवन, क्षेत्र नम्बर २ मा भेरी प्राविधिक शिक्षालयको सभाहल र क्षेत्र नम्बर ३ मा कपास विकास समितिको भवनलाई मतगणना स्थल बनाइएको छ । मतगणना स्थलमा तारजाली लगाएर सुरक्षित बनाउने कार्य पनि अन्तिम चरणमा पुगेको छ । आज राति सम्ममा सम्पूर्ण निर्माणको काम सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।

बाँकेमा क्षेत्र नम्बर १ मा ४८ मतदान स्थलमा १४१ मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १ लाख २४ हजार ७२७ मतदाता रहेका छन् । त्यसैगरि बाँके क्षेत्र नम्बर २ मा ४३ मतदान स्थलमा १२४ मतदान केन्द्र रहेका छन् भने यहाँ १ लाख ८ हजार २९० मतदाता रहेका छन् । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ मा ४८ मतदान स्थलमा १३५ मतदान केन्द्र रहेका छन् । क्षे नम्बर ३ मा १ लाख १७ हजार ३५४ मतदाता रहेका छन् ।

बाँकेमा १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार १३९ पूरुष र ९ जना अन्य गरि ३ लाख ५० हजार ३७१ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १२ : ४० बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको