१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित



विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अनिश्चितकालकाल लागि स्थगित भएको छ ।

प्रदेशसभा अधिवेशनको पहिलो बैठक बुधबार अपराह्न २ बजेदेखि सञ्चालन भएको थियो थियो । बैठक सुरु हुने वित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएलगत्तै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

दिउँसो करीब २ः१० को समयमा सरु भएको बैठक तीन मिनेटपछि सभामुखले स्थगन भएको सूचना सभामा सुनाएका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा आएको विभाजनका कारण प्रदेशसभा बैठक प्रभावित भएको हो । नेकपाको प्रचण्ड–नेपाल पक्षले ३७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री शेरधन राई विरुद्ध पुष १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

ओली पक्षका मुख्यमन्त्री एवं संसदीय दलका नेता राईको नेतृत्वमा बेसेको संसदीय दलको बैठकले भने प्रचण्ड नेपाल पक्षका १६ जना सांसदलाई ३ महिनाका लागि कुनै पनि संसदीय गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो ।

दुवै पक्षले प्रदेश सभामा एकले अर्कोलाई निषेध गर्ने रणनीति लिएपछि सभामुखले बैठक स्थगित गर्न बाध्य भएका हुन् । प्रचण्ड नेपाल पक्षले संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई निष्काशन गरी भीम आचार्यलाई नेता चयन गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ४ : ०६ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर