१ पुस २०८२, मंगलबार | December 16, 2025

बैशाखमा निर्वाचन हुन सक्दैन : महामन्त्री कोइराला



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले यतिबेलाको पहिलो प्राथमिकता संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।

कञ्चनपुर सदरमुकामा महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालालले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा भंग गरेको हुँदा पहिलो प्राथमिकता संसद पुनर्स्थापना गर्नुपर्नेमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

यससम्बन्धी मुद्दा अदालतमा रहेको बताउँदै कोइरालले अदालतले समेत संविधान अनुसार निर्णय गर्ने र अदालतको निर्णय काँग्रेसलाई मान्य हुने बताए ।

महामन्त्री कोइरालले आगामी बैशाखमा निर्वाचन हुन नसक्ने स्पष्ट पारे । कोइरालले देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएका कारण बैशाखमा निर्वाचन हुने संभावना नरहेको जिकिर गरे ।

उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोग नेकपाकै विवाद र चुनाव चिन्हमा अल्झिएका कारण पनि बैशाखमा निर्वाचन हुने संभावना नरहेको स्पष्ट पारे ।

कोइरालले पार्टीमा क्रियाशील सदस्यताको नामावली संकलन गर्न नसकेको बताए । देशको राजनीतिक परिस्थितिका कारण पार्टीको आन्तरिक गतिविधिमा समेत प्रभावित पारेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १२ : ३३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज