१२ बैशाख २०८१, बुधबार | April 24, 2024

दिदीबहिनीलाई बलात्कार सहित नग्न फोटो खिच्ने २ जना पक्राउ, पक्राउ पर्ने एक जना ट्राफिक प्रहरी



बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा दुई दिदीबहिनीमाथि यौन दुब्र्यवहार सहित सामूहिक बलात्कार गर्ने कार्यमा संलग्न मध्य २ जना पक्राउ परेका छन् । सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा जाहेरी परेका ४ जना मध्य एक प्रहरी जवानसहित दुईजना पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ ।

गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो भने अर्कीको नग्न फोटो खिचेर सार्वजानिक गरिएको थियो ।

उक्त घट्नामा चारजना विरुद्ध जाहेरी परेको र त्यस मध्ये दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए ।

गत कार्तिक २३ गते बेलुका साढे ८ बजे भएको घटनामा २ जना प्रहरी र २ जना साधारण नागरिक संलग्न भएको पोखरेलले बताए । ।

पक्राउ परेका कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका ट्राफिक प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी हुन् । उनीहरु माथि म्याद थप गरेर अनुसन्धान थालिएको एसपी पोखरेलले बताए।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  २ : ४४ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।