५ श्रावण २०८३, मंगलबार | July 22, 2026

दिदीबहिनीलाई बलात्कार सहित नग्न फोटो खिच्ने २ जना पक्राउ, पक्राउ पर्ने एक जना ट्राफिक प्रहरी



बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा दुई दिदीबहिनीमाथि यौन दुब्र्यवहार सहित सामूहिक बलात्कार गर्ने कार्यमा संलग्न मध्य २ जना पक्राउ परेका छन् । सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा जाहेरी परेका ४ जना मध्य एक प्रहरी जवानसहित दुईजना पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ ।

गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो भने अर्कीको नग्न फोटो खिचेर सार्वजानिक गरिएको थियो ।

उक्त घट्नामा चारजना विरुद्ध जाहेरी परेको र त्यस मध्ये दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए ।

गत कार्तिक २३ गते बेलुका साढे ८ बजे भएको घटनामा २ जना प्रहरी र २ जना साधारण नागरिक संलग्न भएको पोखरेलले बताए । ।

पक्राउ परेका कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका ट्राफिक प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी हुन् । उनीहरु माथि म्याद थप गरेर अनुसन्धान थालिएको एसपी पोखरेलले बताए।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  २ : ४४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं