१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल बारका चार पूर्व अध्यक्षहरुबाट प्रधानमन्त्रीको अभिब्यक्ति प्रति खेद प्रकट



काठमाडौं । कानुन ब्यवसायीहरुलाई होच्याएको र जेष्ठ कानुन ब्यवसायी कृष्णप्रसाद भण्डारीलाई अपमान गरेको भन्दै कानुन ब्यवसायीहरुको साझा संस्था नेपाल बारका ४ पूर्व अध्यक्षहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध खेद प्रकट गरेका छन् । नेपाल बार एसोसियसनका चार पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बारका पूर्वअध्यक्ष तथा जेष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र समग्र कानुन व्यवसायीलाई होच्याउने गरी दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका हुन्।

बारका पूर्वअध्यक्ष समेत रहेका चार वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले एक संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई समस्त कानुनव्यवसाय माथि सत्तापक्षबाट गरिएको निर्लज्ज प्रहारकारुपमा लिनु पर्ने बताएका छन्।

उनीहरुले प्रधानमन्त्री ओलीले सो अभिव्यक्तिप्रति सार्वजनिक क्षमायाचना गर्नु पर्ने समेत माग गरेका छन् । उनीहरुले प्रकाशित बिज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध उभिन बार एसोसियसन र देशभरका कानुन व्यवसायीलाई अनुरोध गरिएको छ ।

बिज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अपहेलनाजन्य कार्य गरे वापत उहाँलाई जवाफदेही बनाउन यसै विज्ञप्तीद्वारा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘ संविधान सभाद्वारा जारी भएको संविधानको रक्षा गरेर मुलुकलाई संवैधानिक मार्गमा पुनः अवतरण गराउने कार्यमा लागि पर्न समेत आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं।’

यस्तो छ बिज्ञप्ति

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ४ : ३९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष